उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठ (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि उद्यमी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।