Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दसाधक अतिथिगृहको सञ्चालन यही महिनादेखि

शब्दसाधक अतिथिगृहको सञ्चालन यही महिनादेखि

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा बनेपामा अवस्थित कृष्णगीता परिसर शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा यही जेठ महिनादेखि शब्दसाधक अतिथिगृह सञ्चालन गरिने भएको छ । अतिथिगृहको उद्घाटन छिटै गरिने योजना छ । तत्कालका लागि नीलकण्ठेश्वर धाम संरक्षण समितिले आफ्नो भवनको एक तला अतिथिहरूका लागि छुट्याएको छ । पछि यसलाई विस्तार गर्दै लगिने कुरा समितिका अध्यक्ष कृष्णमणि कुइकेलले जानकारी गराउनुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको उपयोग गरी एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक–साहित्यकार, अन्वेषक–अनुसन्धाता, कलाकार–सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउने लक्ष्य बमोजिम यो अतिथिगृह सञ्चालन गर्न लागिएको हो ।