Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivitiesविवश वस्तीलाई सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने

विवश वस्तीलाई सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ साहित्यकार विवश वस्ती (विवशराज श्रेष्ठ, गोलन्जोर — ५, रतनचुरा) मा समर्पण गर्ने भएको छ । साहित्यको कथा, कविता र बालकथाको त्रिवेणी बनी ग्राम्य परिवेशलाई आधारभूमि बनाएका कथा, विचारशील र राष्ट्रप्रेमयुक्त कविता तथा प्रेरक बालकथाकृतिको लेखन–प्रकाशन गर्नुका साथै ग्रन्थसम्पादनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार साहित्यकार विवश वस्तीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।