Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesसिन्धुली प्रतिभा पुरस्कारका लागि नाउँ पठाइदिन अनुरोध

सिन्धुली प्रतिभा पुरस्कारका लागि नाउँ पठाइदिन अनुरोध

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला रहेको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ । ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको जन्ममिति २०१७ साल असार १६ गतेभन्दा पछि सिन्धुली जिल्लामा जन्मेर नेपाली वाङ्मयको कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान गर्ने व्यक्तिलाई यो पुरस्कार प्रदान गरिनेछ । सबै वाङ्मयसेवीको विवरण शब्दयात्रा प्रकाशनमा नहुन सक्छ । तसर्थ सत्पात्रलाई पुरस्कृत गर्न सकियोस् भन्ने उद्देश्यले उपयुक्त वाङ्मयसेवीको नाउँ र योगदानको विवरण [email protected] मा यही साउन १५ गतेभित्र उपलब्ध गराइदिन सबैमा हार्दिक अनुरोध छ ।