Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesशिक्षा विषयका अन्वेषकका लागि शब्दयात्रा प्रकाशनमा विद्वत्वृत्ति स्थापना

शिक्षा विषयका अन्वेषकका लागि शब्दयात्रा प्रकाशनमा विद्वत्वृत्ति स्थापना

शब्दयात्रा प्रकाशनले भोजपुर जिल्लामा जन्मेर भोजपुर जिल्लाको शैक्षिक क्षेत्रमा र शिक्षा विधामा अनुसन्धान गर्ने अनुसन्धातालाई विद्वत्वृत्ति समर्पण गर्ने भएको छ । विद्वत्वृत्ति हरेक वर्ष समर्पण गर्ने र विद्वत्वृत्ति समर्पण गर्दा १० हजार रुपियाँ, रुद्राक्षको माला र प्रमाणपत्र समर्पण गरिने भएको छ । विद्वत्वृत्तिको नाउँ ‘शब्दयात्रा प्राध्यापक केदारनाथ — लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वत्वृत्ति’ राखिएको छ । विद्वत्वृत्तिको आर्थिक व्यवस्थापन प्राध्यापक केदारनाथ श्रेष्ठले गर्नुभएको छ । त्यसका लागि उहाँले शब्दयात्रा प्रकाशनलाई २ लाख २ हजार २ रुपियाँ र त्यस रकमको ब्याज जम्मा हुने बचत खाता खोल्न १ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । यसका लागि शब्दयात्रा प्रकाशन र प्राध्यापक केदारनाथ श्रेष्ठका बीच गरिएको सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतापत्रमा आर्थिक व्यवस्थापकका तर्फबाट स्वयं प्राध्यापक केदारनाथ श्रेष्ठले र शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य श्रीमती रश्मि हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।