शब्दयात्रा प्रकाशनले बनेपाको आफ्नै जग्गामा निर्माण गरेको शब्दसाधक तीर्थको अवलोकन गर्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ । हालै मात्र पनि विराटनगरबाट शब्दप्रेमीहरूको एउटा टोली र काठमाडौँबाट दुइटा टोली शब्दसाधक तीर्थको अवलोकन गर्न बनेपामा आएको थियो । बनेपाभन्दा बाहिरबाट बनेपामा आउने व्यक्तिहरूले बनेपाको दर्शनीय स्थलका रूपमा शब्दसाधक तीर्थलाई पनि लिन थालेका छन् ।