‘हाम्रो देश त्यस्तै होस्’ सकुल थापाले लेख्नुभएको अनुसन्धानमूलक पुस्तक हो । यसभित्र ‘सन्दर्भसूची’ समेत ‘प्रारम्भ’ देखि ‘समापन’ सम्मका सोह्रवटा शीर्षक छन् र हरेक शीर्षकका सामग्री पठनीय र मननीय छन् । ‘प्रारम्भ’ ले पुस्तक लेख्नुको तात्पर्य र विषयवस्तुको पृष्ठभूमि झल्काउँछ भने ‘समापन’ ले पुस्तकको नाउँ सार्थक पार्ने गरी लेखकीय चिन्तन प्रस्ट पार्दछ । बीचका तेह्रवटा शीर्षकका सामग्रीहरूले नेपालबाट शिक्षा, रोजगारी, पारिवारिक भेटघाट आदि विभिन्न कारणले अस्ट्रेलिया जाने नेपालीको आर्थिक, सामाजिक, भाषिक, पारिवारिक, मनोवैज्ञानिक जस्ता विविध क्षेत्रका सजीव चित्रहरू प्रस्तुत गर्दछन् । नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध कस्तो छ, अस्ट्रेलिया जान कति खर्च लाग्छ, त्यहाँ के–के काम गर्न सकिन्छ, कुन कामबाट कति तलब पाइन्छ, कुन ठाउँमा बस्ता कति खर्च र कति बचत हुन्छ, कुन–कुन विषय पढ्न पाइन्छ र त्यसको शुल्क कति तिर्नुपर्छ, अस्ट्रेलिया जान नेपालमा लिएको ऋणले कस्तो अवस्था सिर्जना गर्छ, नेपाली युवा शक्ति जाँदा अस्ट्रेलिया र नेपाललाई कस्तो–कस्तो नाफा र घाटा हुन्छ, अस्ट्रेलियामा नेपालीले के–के सुविधा र असुविधाहरू भोग्नुपर्छ, भविष्य कस्तो देखिन्छ जस्ता कुराहरू यस पुस्तकमा प्रकट गरिएका छन् ।
२६२. हाम्रो देश त्यस्तै होस्