Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesतीन छात्रालाई आर्थिक सहयोग

तीन छात्रालाई आर्थिक सहयोग

आर्थिक रूपमा कमजोर परिवारका तर पढाइमा अब्बल रहेका काभ्रेपलाञ्चोक जिल्लाका तीन छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । तीनैजनालाई शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाले सात–सात हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । आर्थिक सहयोग गर्नका लागि शब्दयात्रा प्रकाशनले छात्राहरूको छनोट गरेको थियो । आर्थिक सहयोग प्राप्त गर्ने छात्राहरूमा धनेश्वर आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत प्रनिशा पहरी, श्रीखण्डपुर माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा सुस्मिता मोक्तान र काभ्रे माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सिमोना बस्नेत छन् ।