समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्री जङ्गम थापा’ नामक पुस्तकले आफ्नो नाउँबाटै यो पुस्तक सावित्री जङ्गम थापाको इतिवृत्त हो भन्ने जानकारी दिएको छ । यस पुस्तककी नायिका सावित्री जङ्गम थापाको असी वर्षसम्मको जीवनयात्रा यस पुस्तकमा सङ्क्षिप्त रूपमा समेटिएको छ । त्रिचालीसवटा उपशीर्षक दिएर संरचित यस पुस्तकले सावित्री जङ्गम थापालाई चिन्न, जान्न, बुझ्न सघाउँछ र उहाँका विषयमा अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि राम्रो सामग्री प्रदान गर्दछ ।