कवि प्रकाश खड्काको ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रहमा ४० वटा कवितात्मक सिर्जना छन् । यीमध्ये पहिले २९ वटा कविता छन्, त्यसपछि ८ वटा गीत छन् र २ वटा भजन छन् । अन्तिममा चाहिँ कविका सुपुत्र प्रतीक खड्काको कविता छ । सबै कविता गद्यमा छन्, सरल छन्, सजिलै बुझिने खालका छन् । सबै कवितात्मक सिर्जनाले कविको भाव र विचारको प्रतिनिधित्व गरेका छन् । कवितामा सामयिकता, सामाजिक मनोविज्ञान, विकृति र विसङ्गति, विगतको स्मरण आदि आएका छन् । राष्ट्रभक्ति पनि प्रकट भएको छ ।
२४४. मान्छेभित्रको मान्छे (कवितासङ्ग्रह)