डा. इन्दुल केसीद्वारा सम्पादित ‘स्मृतिपुष्पका पराग’ नामक टिप्पणीसङ्ग्रह यसअघि शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ पुस्तकमाथि ३५ जना लेखकले गर्नुभएको टिप्पणीहरूको सङ्कलन हो । सावित्री राणा केसीलाई केन्द्रविन्दु बनाएर ‘सावित्री स्मृति’ को सम्पादन–प्रकाशन गरिएको थियो भने सावित्री राणा केसी र ‘सावित्री स्मृति’ पुस्तकलाई विषयवस्तु बनाई ‘स्मृतिपुष्पका पराग’ को सम्पादन–प्रकाशन गरिएको छ ।