युवा अक्षरप्रेमी कमानसिंह घलानद्वारा लिखित ‘चलेको छ जिन्दगी’ पञ्चभाषी कवितासङ्ग्रह हो । यसमा ५१ वटा कविता छन् । तीमध्ये नेपाली भाषामा ४३ वटा, अङ्ग्रेजी भाषामा ५ वटा तथा तामाङ, चेपाङ र हिन्दी भाषामा १–१ वटा कविता छन् । यी कविताहरूले समसामयिक राजनीतिक र सामाजिक परिवेश, युवा मनको उद्वेलन, विपरीतलिङ्गीप्रतिको प्रेम आदि विषयलाई सामान्य पाठकले पनि बुझ्ने गरी प्रकट गरेका छन् ।