शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७७ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७७ साल वैशाख मसान्तभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।
पहिलो चरणमा समर्पण गरिने सम्मानहरू :
(१) शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान (कवि नन्दिकेश्वर अधिकारी र उनको साहित्यिक वंशजको शोध र प्रकाशनमा संलग्न व्यक्ति वा संस्था : गत वर्ष प्रा. लालानाथ सुवेदी सम्मानित),
(२) शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट लागेको कृति र कृतिकार : गत वर्ष ‘अक्षरहरूको बिस्कुन’ कवितासङ्ग्रहका लागि डा. हेमराज काफ्ले सम्मानित),
(३) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि विधाबाट राष्ट्रका लागि उल्लेख्य योगदान पु¥याएका व्यक्ति : गत वर्ष प्रा. डा. सुरेन्द्र केसी सम्मानित),
(४) शब्दयात्रा शिक्षक सम्मान (शिक्षकका रूपमा आदर्श स्थापना गरेका व्यक्ति : गत वर्ष हरिविनोद अधिकारी सम्मानित),
(५) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासनिक कर्मचारी भएर अन्य क्षेत्रमा पनि योगदान पु¥याएकी महिला ः गत वर्ष साहित्यकार नवीना श्रेष्ठ सम्मानित),
(६) शब्दयात्रा सामाजिक जागरण सम्मान (समाजसेवाका माध्यमबाट सामाजिक जागरण गराउने व्यक्ति वा संस्था : गत वर्ष बाबा विश्वनाथ सम्मानित),
(७) शब्दयात्रा स्तम्भकार सम्मान (राष्ट्रिय स्तरको सञ्चार माध्यमका स्तम्भकार : गत वर्ष टीपी शर्मा तिमिल्सिना सम्मानित),
(८) शब्दयात्रा विज्ञान–प्रविधि सम्मान (विज्ञान–प्रविधि क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था : गत वर्ष प्रा. डा. भोला थापा सम्मानित),
(९) शब्दयात्रा शिक्षा सम्मान (शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था : गत वर्ष प्रा. डा. केदारनाथ श्रेष्ठ सम्मानित) ।