शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ साहित्यकार श्रीराम पौडेल ‘उदासी’ (ललितपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशज साहित्यकारका विषयमा अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई उक्त सम्मान समर्पण गरिन्छ । श्रीराम पौडेल ‘उदासी’ ले नन्दिकेश्वर अधिकारीका वंशज साहित्यकार हरि मञ्जुश्रीको प्रथम कथासङ्ग्रह ‘फोरिएको पर्खाल’ माथि विवेचनात्मक अध्ययन गर्नुभएको छ । उहाँजस्ता सक्रिय साहित्यकारमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन लेखिका गीता अधिकारी (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा श्रीराम पौडेल ‘उदासी’ प्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।