शब्दयात्रा प्रकाशनले लेखिका शारदा घिमिरे भैल (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । उहाँको लेखनको विषयवस्तु ‘सहकारी क्षेत्रमा सावित्री जङ्गम थापाको योगदान’ रहेको छ । हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि लेखिका तथा समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।