भक्तपुर जिल्लाको लोकन्थलीमा रहेको पुष्पपराग साहित्य प्रतिष्ठानको सहकार्य र कवि पदम दाहालको संयोजन तथा उद्घोषणमा शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९१ औँ शृङ्खला लोकन्थलीस्थित दिव्येश्वरी मन्दिरको परिसरमा गत २०७६ साउन १० गते शुक्रबार सम्पन्न भयो । कार्यक्रममा लेखक तथा प्रशासक प्रमोद मैनालीले प्रमुख वक्ताका रूपमा आफ्नो सिर्जनायात्राका विषयमा प्रवचन गर्दै केही गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार नवीना श्रेष्ठको प्रमुख आतिथ्य, समाजसेवी प्रेमबहादुर खड्काको आतिथ्य र पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा र डा. राजनप्रसाद पोखरेलले प्रमुख वक्ताका विषयमा जानकारी गराउनुभएको थियो । पुष्पपराग साहित्य प्रतिष्ठानका सदस्य टीएन भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मच्छेश्वर सापकोटाले गीत तथा नृत्य प्रस्तुत गर्नुभयो भने डा. इन्दुल केसीले पुष्पपराग साहित्य प्रतिष्ठानलाई आफ्ना पुस्तकहरू उपहार दिनुभयो । मञ्चस्थ व्यक्तिहरूलाई सङ्गीता केसीले रुद्राक्षको माला लगाइदिनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट शारदाप्रसाद शर्मा, पशुपतिमान पःमाँ, रमेश अधिकारी, सुनील सापकोटा, दामोदर घिमिरे, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र पुष्पपराग साहित्य प्रतिष्ठानका तर्फबाट खेमनाथ दाहाल, भरत पराजुली, राजबाबु श्रेष्ठ सागर, गणेश घिमिरे मार्मिक, डम्बर घिमिरे, डा. प्रदीप मैनाली, ढुण्डिराज पोखरेल, उर्मिला कोइराला, परशुराम कट्टेल पनि सहभागी हुनुहुन्थ्यो ।