हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि काभ्रे जिल्लामा विशेष समारोहको आयोजना गरी बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य गरी चार विधामा सम्मान गरिने भएकाले सम्मान गर्न योग्य व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी पठाउन शब्दयात्रा प्रकाशनले सम्पूर्ण वाङ्मयसेवीहरूमा आग्रह गरेको छ ।
उल्लिखित विधाका राष्ट्रिय प्रतिभाहरूमध्ये उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण उपलब्ध गराइदिने समयसीमा शब्दयात्रा प्रकाशनले आगामी कार्तिक २५ गतेसम्मका लागि निर्धारण गरेको छ ।
हरेक सम्मानमा नगद रु. ५०००।–, किरीट, उपहार र अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ ।
गत वर्ष उल्लिखित सम्मानहरूबाट कृष्णप्रसाद दुवाल, डा. कुमारबहादुर जोशी, रमा शर्मा र कृष्ण जोशी सम्मानित हुनुभएको थियो । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित यी सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, हरिगोपाल प्रधान, सकुल थापा र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।