शब्दयात्रा प्रकाशनले यही फागुन २२ गते शनिबार २०७७ सालमा समर्पण गर्नुपर्ने १८ विधाका सम्मानहरू समर्पण ग¥यो । कोरोनाको प्रकोपका कारण जेठमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मान र मङ्सिर महिनामा समर्पण गर्नुपर्ने नौ विधाका सम्मान समर्पण गर्न सकिएको थिएन । त्यसैले एकै दिन १८ विधाका सम्मानहरू समर्पण गरिएको थियो ।
बनेपामा आयोजित सम्मान समर्पण समारोहको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले, सभापतित्व आधुनिक धुलिखेलका परिकल्पनाकार बेलप्रसाद श्रेष्ठले र प्रमुख आतिथ्य काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा कवि तुलसी दिवस (धनकुटा) लाई शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मानद्वारा सम्मानित गरियो । यस सम्मानको व्यवस्थापन कविप्रसाद प्याकुरेलले गर्नुभएको थियो । अनुसन्धाता डा. जगमान गुरुङ (कास्की) लाई शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा सम्मानित गरियो । यस सम्मानको व्यवस्थापन राजेन्द्र विरहीले गर्नुभएको थियो । शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले (काठमाडौँ) लाई शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान समर्पण गरियो । यस सम्मानको व्यवस्थापन रमेश पौड्यालले गर्नुभएको थियो । समालोचक दधिराज सुवेदी (भोजपुर) लाई शब्दयात्रा गोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । यस सम्मानको व्यवस्थापन हरिगोपाल प्रधानले गर्नुभएको थियो । पूर्वप्रशासक तथा साहित्यकार हिरण्यकुमारी पाठक (काठमाडौँ) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा सम्मानित हुनुभयो । यो सम्मान उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापन गरिएको थियो । इन्जिनियर तथा पूर्वव्यवस्थापक देवीप्रसाद चापागाई (धादिङ) शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मानद्वारा सम्मानित हुनुभयो । यो सम्मान रामकृष्ण स्मृति प्रतिष्ठानका लागि निर्मला श्रेष्ठद्वारा व्यवस्थापन गरिएको थियो ।
यसै गरी बालसाहित्यका अन्वेषक प्रमोद प्रधान (मोरङ) लाई गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा टीकाप्रसाद–विष्णुमाया बालसाहित्य सम्मान, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला (रौतहट) लाई गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, शिक्षासेवी एक्कुमाया पुन (गुल्मी) लाई निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान र कवि पदम दाहाल (सङ्खुवासभा) लाई भीमप्रसाद–पद्मकला स्मृतिकोषद्वारा व्यवस्थापित शब्दयात्रा भीमप्रसाद–पद्मकला स्तम्भकार सम्मानद्वारा सम्मानित गरियो । शब्दयात्रा प्रकाशनद्वारा २०७६ सालमा प्रकाशित २१ वटा कृतिहरूमध्ये उत्कृष्ट ठहर गरिएको कृति ‘विधवा वासना’ उपन्यासका उपन्यासकार प्रजापति तिमिल्सिना (कास्की) लाई कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा भीमभक्तमानसिंह बस्नेत सिर्जना सम्मान, फोटोग्राफर प्रकाशबहादुर मास्के (ललितपुर) लाई हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान तथा पर्वत जिल्लाबाट प्रकाशित ‘नवमाधुरी’ साहित्यिक पत्रिकालाई योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा सुब्बा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरिएको थियो । उक्त सम्मान पत्रिकाका सम्पादक सरस्वती शर्मा जिज्ञासुले ग्रहण गर्नुभएको थियो ।
आमसञ्चारविज्ञ यादव खरेल (काभ्रेपलान्चोक) लाई सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान समर्पण गर्नुपर्नेमा उहाँ अस्वस्थ हुनुभएकाले उहाँका लागि दीपक तिमल्सिनाले, मूर्तिकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली (काभ्रेपलान्चोक) लाई कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान समर्पण गनुर््पर्नेमा उहाँको परिवारमा मरणशोक परेकाले उहाँका लागि शारदाप्रसाद शर्माले र जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती (काठमाडौँ) स्वास्थ्यशिविरमा उपस्थित हुनुपरेकाले द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान उहाँका प्रतिनिधि उमा लोहनीले ग्रहण गर्नुभएको थियो । मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्द (काठमाडौँ) पोखराको शिविरमा हुनुभएकाले उहाँका तर्फबाट सिमन न्यौपानेले सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा बालागुरु षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान तथा सामाजिक उज्जागरक डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ (काठमाडौँ) बृृद्धावस्थाका कारण उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट नवीना श्रेष्ठले आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान ग्रहण गर्नुभएको थियो ।
मञ्चस्थ महानुभावहरूमा ब्याच अर्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घले र केदारनाथ तिमल्सिनाले तथा माला अर्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सहदीप पलान्चोके र विशेष सहयोगी बुद्ध मानन्धरले गर्नुभएको थियो । कार्यक्रममा ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण समारोह विशेषाङ्क व्यवस्थापक सङ्गीता केसीले वितरण गर्नुभएको थियो भने नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ, मनका श्रेष्ठ, जयदेव अधिकारी र रामकृष्ण श्रेष्ठको तस्बिरमा अबिर र पुष्प अर्पण गरिएको थियो । नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य ओतबहादुर खड्काले वटुकहरूलाई टीका र दक्षिणा प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्यका साथै सभापति र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी साधुराम गिरीले गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट आशीर्वचनको पत्र ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा चयन समितिका सदस्यहरू रश्मि हुमागाईं, साधुराम गिरी, लक्ष्मी बडाल र वेदप्रसाद गौतमलाई उपहार पनि प्रदान गरिएको थियो ।
समारोहमा कथाकार सुशीला देउजा, गीतिभास्कर मच्छेश्वर सापकोटा, समाजसेवी चन्द्रबहादुर खड्का, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, केशव थापा, जीवना बादे, पत्रकारहरू शरदराज सुवेदी, निर्भीकजङ्ग रायमाझी, रमेशप्रसाद न्यौपाने, कवि छत्रपति दाहाल, लेखकहरू डा. इन्दुल केसी, पं. रमेश अधिकारी, डा. श्याम भट्टराई, उद्धवप्रसाद नेपाल, पूर्णबहादुर कर्माचार्य, दामोदर घिमिरे, डा. षडानन्द पौडेल, शिक्षासेवी धनञ्जय शर्मा अधिकारी, लेखप्रसाद पन्त, जयराम श्रेष्ठ तथा शिवनाथ मैनाली, सफू श्रेष्ठ, अमृत अधिकारी, तीर्थराज अधिकारी आदिसहित दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।