साउन महिनामा रुद्री लगाउनुपर्ने धार्मिक मान्यता छ । त्यही मान्यतालाई आत्मसात गर्दै शब्दयात्रा प्रकाशनले आफ्नो कार्यालयमा रुद्री लगाएको छ । गत २०७५ साउन २४ गते बिहीबार कृष्णपक्षको त्रयोदशी तिथिमा नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूको वाचनमा रुद्री लगाइएको हो ।
उक्त धार्मिक कार्यक्रममा हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, चूडाप्रसाद चौलागाई, सकुल थापा, शारदाप्रसाद शर्मा, अमृत अधिकारी, दीपक तिमल्सिना, अनु थापा, छविलाल कुइँकेल, भुवन पाण्डे आदिको सहभागिता रहेको थियो ।