शब्दयात्रा प्रकाशनको आयोजनामा सहिद दिवसको अवसर पारी कविगोष्ठीको आयोजना गरियो । बनेपामा भएको उक्त गोष्ठीमा हरि मञ्जुश्री सभापति, इन्द्रमणि अधिकारी प्रमुख अतिथि, मच्छेश्वर सापकोटा विशेष अतिथि तथा शिव बन्जारा उद्घोषक हुनुहुन्थ्यो ।
कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरूका अतिरिक्त शारदाप्रसाद शर्मा, प्रकाश उज्ज्वल बनेपा, केदारनाथ तिमल्सिना, सरस्वती सापकोटा, तारा सुनुवार अधिकारी, पं. रमेश अधिकारी, पुण्यवती घले, सहदीप पलान्चोके आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो । निर्मला श्रेष्ठ, दामोदर घिमिरे, छविलाल कुइँकेल, सुमनदेव चापागाईं, नवराज पराजुली, सङ्गीता केसी, श्री शर्मा मूर्ख, दीपकराम भण्डारी, उपेन्द्रप्रसाद पौडेल आदिको उपस्थितिले पनि कार्यक्रम शोभायमान थियो । उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १४ औँ शृङ्खलाका रूपमा सम्पन्न भएको थियो ।