शब्दयात्रा प्रकाशनद्वारा आगामी मङ्सिर महिनामा शब्दयात्रा बालसाहित्य सम्मान, शब्दयात्रा अनुसन्धान सम्मान, शब्दयात्रा समालोचना सम्मान, शब्दयात्रा महिला–प्रतिभा सम्मान र शब्दयात्रा कविता–काव्य सम्मान समर्पण गरिने भएकाले यी सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी कार्तिक २५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन शब्दयात्रा प्रकाशनले सबै शुभेच्छुकहरूमा अनुरोध गरेको छ ।
शब्दयात्रा प्रकाशनको कार्यालय अक्षरधाम बनेपा काभ्रेमा आफैँ आएर अथवा इमेलबाट अथवा दूरभाषाङ्क ०११–६६२९६२ र ०११–६६१३६१ बाट सिफारिस गर्न सकिने जानकारी पनि शब्दयात्रा प्रकाशनले गराएको छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, राजेन्द्र विरही, हरिगोपाल प्रधान, द्रोणप्रसाद श्रेष्ठ र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।