अमेरिकाबाट नेपाल आउनुभएका सूचना–प्रविधिविज्ञ समुन्नत श्रेष्ठको नेतृत्वमा शेषा कर्माचार्य, सफू श्रेष्ठ र प्रभास कर्माचार्य सम्मिलित टोलीले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण ग¥यो । गत २०७४ माघ ४ गते गरिएको उहाँहरूको भ्रमण सम्मान व्यवस्थापक समितिका सदस्य द्रोणप्रसाद श्रेष्ठको अग्रसरतामा भएको थियो ।
भ्रमण टोलीलाई शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा र अनु थापाले स्वागत गर्दै पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो भने अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका योजनाहरूका विषयमा जानकारी गराउनुभएको थियो ।