शब्दयात्रा प्रकाशनले राम–रेवती प्रतिष्ठानको कोष व्यवस्थापनमा यही २०८१ सालको साउन महिनामा समर्पण गर्नुपर्ने ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ का लागि यस वर्ष कसैको नाउँमा पनि निर्णय नगर्ने र यस वर्ष उक्त पुरस्कार समर्पण नगर्ने भनी पुरस्करणीय व्यक्तित्व चयन समितिले निर्णय गरेको हुँदा ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ यस वर्ष समर्पण नगरिने भएको छ ।