रामप्रसाद अधिकारी काभ्रेपलान्चोक जिल्लाका सुप्रसिद्ध शिक्षासेवी हुनुहुन्छ । उहाँको सम्मानस्वरूप उहाँका विषयमा विभिन्न व्यक्तिहरूले लेख–संस्मरण लेखेर शब्दयात्रा प्रकाशनमा पठाउनुभएको छ । ती लेख–संस्मरणहरू समावेश गरी ‘रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ’ प्रकाशन गर्न लागिएको छ । अभिनन्दनग्रन्थको सम्पादनकार्य सुरु भइसकेको छ । केही समयपछि अभिनन्दनग्रन्थ मुद्रणका लागि छापाखानामा जानेछ । मुद्रणकार्य सकिएपछि उक्त अभिनन्दनग्रन्थलाई सार्वजनिक गरिनेछ । शब्दयात्रा प्रकाशनले शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा अभिनन्दनग्रन्थ प्रकाशन गर्न नौ सदस्यीय अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन गरेको हुनाले त्यही समितिको आग्रहमा रामप्रसाद अधिकारीका बारेमा लेखिएका लेख–संस्मरणहरू अभिनन्दनग्रन्थका लागि प्राप्त भएका हुन् ।