‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ सम्बन्धी सम्झौतापत्र पुरस्कारका संस्थापक डा. सरस्वती आचार्य र व्यवस्थापक शब्दयात्रा प्रकाशनका तर्फबाट पदम दाहालले आदानप्रदान गर्नुभयो । सम्झौतापत्र आदानप्रदान गर्नमा साधुराम गिरीले सहयोग गर्नुभएको थियो भने डा. सरस्वती आचार्यले शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका तर्फबाट अच्युत अधिकारीले ग्रहण गर्नुभयो ।
शब्दयात्रा प्रकाशनले यही वर्षदेखि रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र र शब्दयात्रा पट्ट सहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ ।