साहित्यकार रमेशमोहन अधिकारी (रौतहट) लाई २०८२ सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि लेखक तथा चिकित्सक डा. शालिग्राम शर्माले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।