
माधुरी आचार्य
बनेपालाई बेलायतमा र बेलायतलाई बनेपामा बारम्बार ओहोरदोहोर गराइरहने माधुरी आचार्य नामकी काल्पनिक महिला यो उपन्यास पाठकवर्गको हातहातमा पुगेपछि प्रकारान्तरले बनेपाको चिनारीका रूपमा चिनिन बेर छैन । किनभने प्रसिद्ध अक्षरशिल्पी हरि मञ्जुश्रीको कलमले कृष्णमणि कुइँकेलको मानसपटलमा घुमेकी काल्पनिक पात्रा माधुरी आचार्यलाई छोयो । छोयो मात्रै होइन, यस उपन्यासले हरेक पाठकको मनमस्तिष्कलाई हल्लाउने भएको छ ।