Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesबिन्हांबि सार्वजनिक

बिन्हांबि सार्वजनिक

नेपाल भाषामा लिखित उपन्यास ‘बिन्हांबि’ लाई हिजो २०८२ पुस १७ गते बिहीबार सार्वजनिक गरियो । समाजसेवी लम्बोदर कायस्थ र पत्रकार प्रदीप केसीले ‘बिन्हांबि’ लाई सार्वजनिक गर्नुभएको हो । बनेपाली लेखक प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ) द्वारा लिखित यो उपन्यास बनेपालीले नेपाल भाषामा लेखेको दोस्रो उपन्यास भएको कुरा कार्यक्रममा बताइएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको तेस्रो शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पुस्तकका बारेमा साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालले लेख्नुभएको ‘बिन्हांबि’ माथिको टिप्पणी कवि दियेशरत्न शाक्यले पढेर सुनाउनुभएको थियो । उपन्यासकार प्रकाश उज्ज्वल बनेपाले उपन्यासको पृष्ठभूमि र यस उपन्यासले दिन खोजेको सन्देशका बारेमा जानकारी गराउनुभएको थियो । ‘बिन्हांबि’ उपन्यास विद्युतीय माध्यमबाट पढ्न चाहने पाठकले sypublication.com.np/prakashujjwal खोली पढ्न सक्ने जानकारी पनि गराइएको थियो ।