काभ्रेपलान्चोक जिल्लाको धुलिखेलनिवासी समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ यही २०८० साल असार २७ गते बुधबारदेखि शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको हो । उहाँ ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ का कोष व्यवस्थापक पनि हुनुहुन्छ । उहाँसमेत गरी शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४९ पुगेको छ । समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेललाई शब्दयात्रा प्रकाशनको नयाँ आजीवन सदस्यका रूपमा हामी हार्दिक स्वागत गर्दछौँ ।