कवयित्री पुण्यवती घले शब्दयात्रा नारी स्रष्टा समाजको संयोजक बन्नुभएको छ । गत २०७४ जेठ २७ गते शब्दयात्रा नारी स्रष्टा समाजको पुनर्गठन गरिँदा उहाँलाई संयोजक चयन गरिएको हो । नारी स्रष्टा समाजभित्र हाल रुक्मिणी सिग्देल, चण्डिका वाग्ले, भवानी पाण्डे, गीता मञ्जुश्री, सजना आचार्य र अम्बिका धिताल आबद्ध हुनुहुन्छ ।
शब्दयात्रा नारी स्रष्टा समाजको संयोजक बन्नुभएकोमा कवयित्री पुण्यवती घलेलाई हार्दिक बधाई छ ।