देउडागायक नन्दकृष्ण जोशी (बझाङ) लाई २०८२ सालको ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा लेखक सकुल थापाको नाउँमा संस्थापित यस पुरस्कारका लागि उहाँकी अर्धाङ्गिनी विमला थापाले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।