शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते मङ्गलबार बनेपाको के. एन. ब्यान्क्वेटमा विशेष समारोहको आयोजना गरी चारजना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न लागेको अवसरमा तीनवटा पुस्तकलाई सार्वजनिक पनि गर्ने भएको छ । ती तीन पुस्तकहरूमा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नैमिषारण्य नेपाल’, तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ र उद्धवप्रसाद नेपालद्वारा लिखित ‘असल नेता कसरी बन्ने ?’ रहेका छन् ।
‘नैमिषारण्य नेपाल’ गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट र ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ र ‘असल नेता कसरी बन्ने ?’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।