Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesडा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार

डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार

वाङ्मयिक साधना गर्ने क्रममा कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध र समालोचना विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका, स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन गर्नुभएका र पाठ्यपुस्तक पनि लेख्नुभएका डा. शैलेन्दुप्रकाश नेपाललाई २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक डा. इन्दुल केसीले उपहार, कोष व्यवस्थापककी बुहारी पूजा जोशीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको थियो ।