Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesजन्मदिनको शुभकामना गान तयार

जन्मदिनको शुभकामना गान तयार

जन्मदिनमा बत्ती निभाउने, केक काट्ने, जुठो खुवाउने र अङ्ग्रेजी भाषाका केही शब्द बोल्दै थपडी बजाउने प्रवृत्ति बढ्दै गएको छ । यसै सन्दर्भमा हाम्रो मौलिक संस्कृति पनि कायम रहोस् र जन्मदिन मनाउने परिपाटीलाई आधुनिक स्वरूप पनि दिन सकियोस् भन्ने उद्देश्यले जन्मदिनको शुभकामना गान तयार पारिएको छ । उक्त गानमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य केदारनाथ तिमल्सिनाले गीतकारको, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सङ्गीतकारको, बालकृष्ण सेवाचार्यले बाद्यसंयोजकको र गीतिभास्कर मच्छेश्वर सापकोटाले सुपरिवेक्षकको भूमिका निर्वाह गर्नुभएको छ । मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री, इ. रोशन मञ्जुश्री अधिकारी, सरस्वती सापकोटा, गीता अधिकारी र केदारनाथ तिमल्सिनाको स्वर त्यस गानमा सुन्न सकिनेछ । यसरी तयार भएको जन्मदिनको शुभकामना गान यही माघ २६ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा सार्वजनिक हुनेछ । उक्त गान त्यसै दिनदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न–सुनाउन र डाउनलोड गर्न–गराउन सकिनेछ । अरूको सांस्कृतिक र भाषिक दासता अस्वीकार गर्ने र आफ्नै संस्कृति र भाषाको जगेर्ना गर्न खोज्ने नेपालीहरूले आफ्नो, आफ्ना परिवारको र आफन्तको जन्मदिनमा उक्त गानको उपयोग गर्नुहुनेछ भन्ने आशा गरिएको छ ।