शब्दयात्रा प्रकाशनको आयोजनामा मङ्सिर २९ गते मुक्ति शर्माद्वारा अनुवाद गरिएको ‘गीता माली’ नामक काव्यलाई शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्य र आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय तथा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ‘गीता माली’ काव्यलाई विमला शर्मा, मुकुन्दप्रसाद उपाध्याय र हरि मञ्जुश्रीले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
उक्त कार्यक्रममा शिक्षासेवी फणीन्द्रराज अधिकारीले पुस्तकमाथि टिप्पणी गर्नुभयो भने शिक्षासेवी रामप्र्रसाद अधिकारीले स्वागत भाषण गर्नुभयो । पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ओतबहादुर खड्काले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभयो भने अतिथिद्वयले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।