Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesकर्मशीलता पुरस्कार सुशीला ढकाललाई समर्पण गरिने

कर्मशीलता पुरस्कार सुशीला ढकाललाई समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ सुशीला ढकाल (स्याङ्जा) लाई समर्पण गर्ने भएको छ । दुवै हात नभए पनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्नुभएकी सुशीला ढकाल हाल आन्तरिक राजस्व विभागमा राजस्व अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सुशीला ढकाललाई नेपालको निजामती प्रशासनमा सङ्घर्षशील र प्रेरक महिलाका रूपमा चिनिन्छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन सुशीला ढकालप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते शनिबार समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।