Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७७. युगपुरुष महाकाव्यको अध्ययन

सिर्जना खनालले भरत जङ्गमको जीवनगाथालाई आधारभूमि बनाएर लेख्नुभएको ‘युगपुरुष’ महाकाव्यको अध्ययन गर्ने क्रममा यस महाकाव्यको शल्यक्रिया गर्दागर्दै दीनबन्धु अर्यालले ‘युगपुरुष महाकाव्यको अध्ययन’ नामक पुस्तक...
HomeActivitiesहरि मञ्जुश्री ‘बद्रीविक्रम स्मृति पुरस्कार’ बाट पुरस्कृत

हरि मञ्जुश्री ‘बद्रीविक्रम स्मृति पुरस्कार’ बाट पुरस्कृत

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले २०७८ सालको बद्रीविक्रम स्मृति पुरस्कारबाट पुरस्कृत गरेको छ । उहाँलाई पुरस्कारस्वरूप ५१ हजार रुपियाँको चेकसहित ताम्रपत्र प्रदान गरिएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रमुख अतिथिका रूपबाट उहाँलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व अग्रज लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशीले गर्नुभएको थियो । पुरस्कारको प्रमाणपत्रमा लेखिएको छ — “वि. सं. २०१६ साल असोज ५ गते दिङला भोजपुरमा माता युगला तथा पिता दुर्गाप्रसाद अधिकारीका सुपुत्रका रूपमा जन्मिई आफ्नो ६ पुस्तादेखिको पुस्तक लेखन परम्परालाई निरन्तरता दिँदै दिङलाको अधिकारी परिवारबाट आउनुभएका तपाईं वाङ्मय क्षेत्रका साधक हुनुहुन्छ । सादा जीवन एवम् सरल व्यक्तित्वका धनी तपाईंको जीवनकर्म वास्तवमै स्तुत्य र बोधगम्य रहेको छ ।
सयौँ पुस्तकहरूको लेखन तथा सम्पादन गर्नुभएका र काभ्रेको बनेपामा बसोवास गरी शब्दयात्रा प्रकाशनको संस्थापक अध्यक्ष बनेर त्यसैका माध्यमबाट संस्थागत रूपमा स्रष्टाहरूको सालिक स्थापना, पुस्तकालय स्थापना, सरस्वतीको मन्दिर निर्माण, विभिन्न सम्मान, पुरस्कार र छात्रवृत्ति प्रदान, साहित्यिक तथा साप्ताहिक पत्रिका र पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन आदि विभिन्न सेवाका कर्महरू गर्दै पछिल्लो समयमा विद्युतीय माध्यमबाट नेपाली लेखक र साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्ने तपाईंको कार्य प्रशंसनीय र अनुकरणीय रहेको छ ।
सेवाका यिनै विभिन्न क्षेत्रहरूमा तपाईंले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उज्ज्वल भविष्यको कामनासहित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी ५१ हजार रुपियाँ राशीको बद्रीविक्रम स्मृति पुरस्कार २०७८ द्वारा अभिनन्दन गर्दछ ।”
यसरी पुरस्कृत हुनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार हरि मञ्जुश्रीलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।