Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivitiesसातजनालाई छात्रवृत्ति प्रदान

सातजनालाई छात्रवृत्ति प्रदान

शब्दयात्रा प्रकाशनका तर्फबाट आज असार ३ गते निर्जला एकादशीका दिन मानव कल्याण समाज (सेवाघर) मा गई त्यहाँ रहेका सातजना विद्यार्थीलाई प्रतिविद्यार्थी ६ हजार रुपियाँका दरले छात्रवृत्तिको रकम उपलब्ध गराइयो । पाँचजना विद्यार्थीका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ३० हजार रुपियाँ र दुईजनाका लागि डा. छत्रपति दाहालले १२ हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो । सो रकम र प्रमाणपत्र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले हस्तान्तरण गर्नुभएको थियो । कृष्णमणि कुइकेलले पारस्परिक सेवा समन्वय सन्जालका तर्फबाट मानव कल्याण समाज (सेवाघर) लाई आभारपत्र प्रदान गर्नुभयो । मानव कल्याण समाज (सेवाघर) मा शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, गीता मञ्जुश्री, कृष्णमणि कुइकेल, सङ्गीता केसी र खाइबा लामा जानुभएको थियो । छात्रवृत्ति पाउने विद्यार्थीहरू सफलता मानव, खुसी मानव, आनन्द मानव, सम्राट मानव, केदार मानव, समीक्षा मानव र शाश्वत मानव हुनुहुन्छ । उहाँहरू सबैजना अभिभावकविहीन बालबालिका हुनुभएकाले मानव कल्याण समाज (सेवाघर) नै उहाँहरूको अभिभावक बनेको छ । उहाँहरू यस देशको असल नागरिक भई अभिभावकविहीन अन्य बालबालिकालाई भविष्यमा सहयोग गर्नुहुनेछ भन्ने कुरामा शब्दयात्रा प्रकाशन परिवार, इ. रोशन मञ्जुश्री अधिकारी र डा. छत्रपति दाहाल विश्वस्त बनेका छन् ।