शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७७ सालका लागि दोस्रो चरणका ९ विधामा सम्मानहरू समर्पण गर्न निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७७ साल पुस २० गतेभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।
दोस्रो चरणमा समर्पण गरिने सम्मानहरू —

(१) शब्दयात्रा सुब्बा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान (आमसञ्चार विधामा योगदान गर्ने विशिष्ट व्यक्ति वा संस्थालाई समर्पण गरिने । गत वर्ष ध्रुवहरि अधिकारी सम्मानित),
(२) शब्दयात्रा सुब्बा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान (नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरूमध्ये चयन भएको पत्रिकालाई समर्पण गरिने । गत वर्ष नवप्रज्ञापन सम्मानित),
(३) शब्दयात्रा बालागुरु षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान (आध्यात्मिक पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान गर्ने पत्रिका, सञ्चार–माध्यम, कार्यक्रम सञ्चालक, प्रवक्ता एवं प्रवाचकहरूलाई समर्पण गरिने । गत वर्ष भक्तिदर्शन टेलिभिजन सम्मानित),
(४) शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान (फोटो पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्ने महानुभावलाई समर्पण गरिने । गत वर्ष राजेन्द्र चित्रकार सम्मानित),
(५) शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान (प्रतिभावान् महिलाहरूमध्येबाट चयन भएका महिलालाई समर्पण गरिने । गत वर्ष रागिनी उपाध्याय सम्मानित),
(६) शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान (उत्कृष्ट बालसाहित्य सर्जकलाई समर्पण गरिने । गत वर्ष प्रा. रामकुमार पाँडे सम्मानित),
(७) शब्दयात्रा गोपाल प्रधान समालोचना सम्मान (समालोचनाका क्षेत्रमा विशिष्ट योगदान गर्ने समालोचकलाई समर्पण गरिने । गत वर्ष प्रा. राजेन्द्र सुवेदी सम्मानित),
(८) शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान (कविता–काव्य विधामा उल्लेख्य योगदान गरेका सर्जकलाई समर्पण गरिने । गत वर्ष प्रा. डा. रमेशचन्द्र अधिकारी सम्मानित),
(९) शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान (अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदान गर्ने अनुसन्धातालाई समर्पण गरिने । गत वर्ष डिल्लीराम मिश्र श्रमजीवी सम्मानित) ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क — ०११–४१५२१५