Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आदित्यमान श्रेष्ठमा अभिवन्दनापत्र समर्पण

एकान्नब्बे वर्षका पत्रकार आदित्यमान श्रेष्ठ (गुल्मी) को निवास काठमाडौँ मैजुबहालमा पुगेर हिजो असार १४ गते उहाँमा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ समर्पण गरियो ।...
HomeActivitiesशान्ता मानवीलाई महिला प्रतिभा सम्मान

शान्ता मानवीलाई महिला प्रतिभा सम्मान

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७९’ सामाजिक अभियन्ता तथा साहित्यकार शान्ता मानवी (अर्घाखाँची) लाई समर्पण गर्ने भएको छ । सामाजिक चेतना अभिबृद्धि, महिला जागरण र सशक्तीकरण तथा मानव–अधिकारका क्षेत्रमा आजीवन समर्पित रही संस्थागत नेतत्ृव र सहभागिता एवम् साहित्यिक लेखनमा पनि सक्रिय रहँदै आफ्नो व्यावहारिक कौशलका कारणबाट समेत आदर्श र अनुकरणीय महिलाका रूपमा स्थापित भई आफूले अँगालेका विधाहरूबाट राष्ट्रिय समाजमा विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ (भोजपुर) ले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा सामाजिक अभियन्ता तथा साहित्यकार शान्ता मानवीलाई हार्दिक बधाई छ ।