Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivities‘शब्दसंवाद’ मा सावित्री ढुङ्गेलको चर्चा

‘शब्दसंवाद’ मा सावित्री ढुङ्गेलको चर्चा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७५ औँ शृङ्खला गत २०७५ फागुन ३ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा ‘स्मृतिमा सावित्री ढुङ्गेल’ पुस्तकलाई लिएर श्रीमती सावित्री ढुङ्गेलका विषयमा चर्चा–परिचर्चा गरियो । चर्चाको प्रारम्भ शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो ।
शिक्षासेवी पूर्णबहादुर कर्माचार्यको सभापतित्व र समाजसेवी पदमनाथ ढुङ्गानाको प्रमुख आतिथ्यमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंद्वारा सञ्चालित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेल, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखकहरू केदारनाथ तिमल्सिना र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा शम्भुप्रसाद कुइँकेल, नवराज पराजुली, नानुदेवी कुइँकेल, चन्द्रमान सुवाल, गोविन्दप्रसाद आचार्य आदिको उपस्थिति रहेको थियो ।