Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivities‘शब्दसंवाद’ मा पुस्तकको चर्चा

‘शब्दसंवाद’ मा पुस्तकको चर्चा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९९ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपाको नीलकण्ठेश्वरधाममा गत २०७६ साल असोज १० गते शुक्रबार बालसाहित्यकार भवानी पाण्डेको सभापतित्व र शिक्षासेवी देवीप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
नेपालमा साहित्यिक पुस्तकहरूको बिक्री किन भएको हो भन्ने विषयमा उक्त कार्यक्रममा सहभागीहरूका बीचमा छलफल तथा संवाद भएको थियो । कार्यक्रमका वक्ताहरूले नेपालमा साहित्यिक पुस्तकहरूको बिक्री कम हुनुका कारणहरू आआफ्नो अनुभवका आधारमा बुँदागत रूपमा प्रस्तुत गर्दै तिनको व्याख्या पनि गर्नुभएको थियो र बिक्री बढाउने उपायहरूसमेत प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँ, लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसी, कवि पदम दाहाल, कवि केदारनाथ तिमल्सिना, लेखक पूर्णबहादुर कार्की, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, कवयित्री सरस्वती शर्मा सुवेदी, कलाकार चन्द्रमान सुवाल, ज्यो. पं. रमेश अधिकारी, ‘नेपालभूमि साप्ताहिक’ की बजार व्यवस्थापक सङ्गीता केसी आदिको सहभागिता रहेको थियो ।