Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivities‘शब्दसंवाद’ मा चूडाप्रसाद चौलागाईं

‘शब्दसंवाद’ मा चूडाप्रसाद चौलागाईं

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८० औँ शृङ्खला गत २०७५ चैत ८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं प्रमुख वक्ताका रूपमा समुपस्थित हुनुहुन्थ्यो । उहाँले अष्टावक्रगीताका विषयमा सारगर्भित प्रवचन गर्नुभएको थियो ।
शिक्षासेवी रामप्रसाद अधिकारीको सभापतित्व, लेखक डा. इन्दुल केसीको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा जग्गादाता कृष्णमणि कुइँकेल, लेखकहरू केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके, पुण्यवती घले र पूर्णबहादुर कार्की, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नवराज पराजुली, खुदकुमार दाहाल, पुरुषोत्तम हुमागाईं, नानुदेवी कुइँकेल, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।