Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दसंवाद’ अब शुक्रबार

‘शब्दसंवाद’ अब शुक्रबार

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रम हरेक हप्ता मङ्गलबार अपराह्न ४ बजेदेखि गर्ने गरिएकोमा अर्काे हप्तादेखि हरेक शुक्रबार गरिने भएको छ ।
कार्यक्रममा सहभागी हुनुभएका र हुन चाहने कर्मयोद्धाहरूले मङ्गलबारभन्दा शुक्रबार नै कार्यक्रमका लागि उपयुक्त हुने सुझाव दिनुभएकाले अबदेखि हरेक शुक्रबार ४ बजेदेखि ‘शब्दसंवाद’ कार्यक्रम गर्न लागिएको हो ।
आज १९ गते मङ्गलबार ‘शब्दसंवाद’ कार्यक्रम गरिएपछि अर्काे कार्यक्रम वैशाख २९ गते शुक्रबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा साविकबमोजिम नै हुनेछ ।