Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट निबन्ध प्रतियोगिता

शब्दयात्रा प्रकाशनबाट निबन्ध प्रतियोगिता

शब्दयात्रा प्रकाशनले विभिन्न विद्यालयहरूमा ‘मैले देख्न चाहेको नेपाल’ विषयमा निबन्ध प्रतियोगिता गराउन थालेको छ । त्यसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका क्षेत्रमा पर्ने श्रीखण्डपुर उच्च माध्यमिक विद्यालयमा निबन्ध प्रतियोगिता गरायो । प्रतियोगितामा कक्षा ८ का १४ जना, कक्षा ९ का १४ जना, कक्षा १० का १५ जना र कक्षा १२ का १ जना गरी जम्मा ४४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्र्रतियोगिताको संयोजन विद्यालयका शिक्षक शिव बन्जाराले गर्नुभएको थियो ।
प्रतियोगी निबन्धहरूमध्ये कक्षा ८ बाट सविता गौतम र राममाया नेपाली, कक्षा ९ बाट अस्मिता नेपाली र सागर विक, कक्षा १० बाट निर्मला श्रेष्ठ र पूजा तामाङ तथा कक्षा १२ बाट प्रतिभा गहतराजका निबन्धहरूलाई निर्णायक चूडाप्रसाद चौलागाईंले उत्कृष्ट ठह¥याउनुभएको छ । निर्णायक चूडाप्रसाद चौलागाई प्रभा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक हुनुहुन्छ ।
श्रीखण्डपुर उच्च माध्यमिक विद्यालयमा आयोजना गरिने कार्यक्रममा शब्दयात्रा प्रकाशनले प्रतियोगी बनेका सम्पूर्ण विद्यार्थीहरूलाई पुस्तक उपहार प्रदान गर्ने र राम्रा ठहरिएका ७ वटा निबन्धलाई पुरस्कृत गर्ने भएको छ भने तीमध्ये पनि राम्रा निबन्धलाई ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाJशन गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले ‘मैले देख्न चाहेको नेपाल’ विषयमा अन्य विद्यालयहरूमा पनि निबन्ध प्रतियोगिता गराउने भएको छ । यसका लागि सहयोग गरिदिन सम्पूर्ण विद्यालयहरूलाई अनुरोध पनि गरेको छ ।