शब्दयात्रा प्रकाशनले २०७२ सालमा कस्ता–कस्ता कामहरू गर्न सक्यो, कुन–कुन लक्ष्यहरू पूरा गर्न सकेन र २०७३ सालमा के–के गर्ने लक्ष्य राखेको छ, यसलाई बुँदागत रूपमा प्रस्तुत गर्नु सान्दर्भिक नै हुन सक्छ ।
गर्न सफल भएका कामहरू:
योजनाअनुसार गर्न सफल भएका कामहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ —
१. ‘नेपालभूमि साप्ताहिक’ नियमित रूपमा प्रकाशन गरियो । दसैँ–तिहारमा पनि यसको प्रकाशन रोकिएन । २०७२ सालमा ५३ वटा मङ्गलबार परेका थिए, भूकम्पका कारण १ अङ्क रोक्न बाध्य हुनुप¥यो र ५२ अङ्क मात्रै छापियो । हरेक अङ्क ८ पृष्ठ नै छापियो । त्यसबाहेक ९२ पृष्ठको वार्षिक अङ्क पनि छापियो ।
२. हरेक वर्ष १६ विधामा सम्मानित गर्ने क्रममा यस वर्षदेखि हरेक विधाको सम्मानमा नगद ५ हजार रुपियाँ पनि समर्पण गर्ने व्यवस्था मिलाइयो ।
३. सम्मानसम्बन्धी कोषमा २ लाख रुपियाँ थप गरियो र २ लाख रुपियाँ छिटै थप गरिदिने आश्वासन पाइयो ।
४. ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम भूकम्पका कारण एक शृङ्खला प्रसारण हुन नसके पनि बाँकी शृङ्खला नियमित रूपमा प्रसारण भयो ।
५. जम्मा १८ वटा पुस्तकहरू प्रकाशन गरियो । त्यसमध्ये एउटा पुस्तक अर्को संस्थासँगको सहकार्यमा छापियो । यीसमेत यस संस्थाबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या ६० पुग्यो ।
६. पाठकहरूको सुविधाका लागि घुम्ती पुस्तक पसल सुरु गरियो ।
७. www.sypublication.com.np नामको आफ्नै वेभसाइट सुरु गरियो ।
८. संस्कृतिको जगेर्ना गर्दै विपत्तिपीडित लेखक–पत्रकारहरूको सहयोगार्थ देउसी–भैलो कार्यक्रम गरियो ।
९. पुस्तकको सार्वजनिकीकरण, कवितागोष्ठी, भाषा शिविर, प्रवचन कार्यक्रम, धुलिखेल कारागारलाई पुस्तक हस्तान्तरण कार्यक्रम आदिजस्ता विभिन्न फुटकर कार्यक्रमहरूको आयोजना गरियो । जानकारीमूलक र महàवपूर्ण भिडिओहरू पनि निःशुल्क वितरण गरियो ।

गर्न नसकिएका कामहरू:
लक्ष्यअनुरूप २०७२ सालमा केही कामहरू सफल पार्न सकिएन । ती हुन् —
१. ‘अक्षरधाम’ साहित्यिक पत्रिकालाई नियमित रूपमा प्रकाशन गर्न सकिएन, केवल २ अङ्क मात्रै प्रकाशन भयो ।
२. अक्षरसेवी सहयोग कोषका लागि योजनाअनुरूप रकम जम्मा गर्न सकिएन ।
३. स्वामित्व हस्तान्तरण गर्ने घोषणा भएको दैनिक पत्रिकाको स्वामित्व ग्रहण गर्न भ्याइएन ।

२०७३ सालमा गरिने कामहरू:
पत्रिका प्रकाशन, सम्मान समर्पण, पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन, पुस्तक पसल सञ्चालन, वेभसाइट परिमार्जन आदि नियमित रूपमा गरिने कार्यक्रमहरूलाई निरन्तरता दिँदै २०७३ सालमा निम्नलिखित कार्यक्रमहरू थप गर्ने लक्ष्य राखिएको छ —
१. ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम पाक्षिक रूपमा प्रसारण भइरहेकोमा यस वर्ष हरेक बुधबार बेलुका ७ देखि ७ः३० बजेसम्म रेडियो एबीसी ८९.८ मेगाहर्जबाट प्रसारण हुने व्यवस्था मिलाइएको छ ।
२. अक्षरसेवी सहयोग कोषमा ५० हजार रुपियाँ थप गर्ने लक्ष्य राखिएको छ ।
३. शब्दयात्रा प्रकाशनसँग आबद्ध हरेक सर्जकको नाउँमा छुट्टाछुट्टै ब्लगको निर्माण गरी उहाँहरूको सिर्र्जनालाई विश्वव्यापी सन्जालसँग जोडिनेछ ।
४. शब्दयात्रा प्रकाशनद्वारा सञ्चालन गरिने लक्ष्य राखिएको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ का लागि जग्गा प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
५. सम्मान कोषका लागि ४ लाख रुपियाँ थप गर्न प्रयत्न गरिनेछ ।
६. भाषा–साहित्य, पत्रकारिता, अध्यात्म, शिक्षा र समाजसेवासँग सम्बन्धित विभिन्न संस्थाहरूसँग सहकार्यका लागि समझदारी गरिनेछ ।

यी सबै विवरणहरूबाट शब्दयात्रा प्रकाशन सक्रिय रूपमा अघि बढिरहेको छ भन्ने देखिन्छ । यो संस्था प्रतिस्पद्र्धी नभई सहयोगी भूमिका खेल्न चाहन्छ र काम गरेका छौँ भनेर बोल्नुको सट्टा काम गरेर देखाउन चाहन्छ । यस संस्थाप्रति समुदायले देखाएको स्नेह र सम्मान तथा समुदायको बढ्दो चासो र आकर्षणले यस संस्थालाई अझ जिम्मेवार हुन उत्प्रेरित गराएको छ ।

– हरि मञ्जुश्री