Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रामा कवि–कलाकारलाई स्वागत

शब्दयात्रामा कवि–कलाकारलाई स्वागत

शब्दयात्रा प्रकाशनको बनेपा नीलकण्ठेश्वर परिसरको अवलोकनार्थ काठमाडौँबाट आउनुभएका कवि–कलाकारहरूलाई संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको कार्यालयमा हार्दिक स्वागत गर्नुभयो । उहाँले आगन्तुकहरूलाई शब्दयात्रा प्रकाशनको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
अवलोकनार्थ आउनेहरूमा चलचित्र नायक रवीन्द्र खड्का तथा साहित्यकारहरू गोङ्गबू साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, उपाध्यक्ष सीता केसी, महासचिव तारा केसी, शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान आदि हुनुहुन्थ्यो ।
उहाँहरूलाई सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले रुद्राक्षको माला र पुस्तक उपहार प्रदान गरेर बिदाइ गर्नुर्भको थियो ।