शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको सम्मानस्वरूप होटल हिमालयन होराइजनको परिसरमा ‘बेलप्रसाद श्रेष्ठ सम्मानस्तम्भ’ को निर्माण गरेको छ ।
गत २०७४ कार्तिक २९ गते बुधबार शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उक्त स्तम्भको उद्घाटन गर्नुभयो ।