Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesलीलादेवी गड्तौलालाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरिने

लीलादेवी गड्तौलालाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरिने

प्रशासनिक क्षेत्रका महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले ‘प्रशासनिक महिला प्रतिभा पुरस्कार’ का लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । शब्दयात्रा प्रकाशनले २०८२ सालका लागि उक्त पुरस्कार पूर्वप्रशासक लीलादेवी गड्तौलामा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तेह्रथुम जिल्लाको म्याङ्लुङ पिप्लेमा २०२३ सालमा जन्मनुभएकी उहाँ नेपालको पहिलो महिला मुख्यसचिव हुनुहुन्छ । कानुन तर्जुमा र लैङ्गिक न्यायका विषयमा विशेष दखल राख्ने उहाँले देशमा हाल लागू भएको देवानी संहिता निर्माण गर्ने क्रममा आफ्नो क्षमता प्रदर्शन गर्नुभएको छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन लीलादेवी गड्तौलाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।