ललितपुर जिल्लामा जन्मिएका वा ललितपुर जिल्लालाई कार्यस्थल बनाएका प्रतिभाशाली व्यक्तिलाई पुरस्कार समर्पण गर्ने गरी प्रा. डा. मुकेश–जनक चालिसेले शब्दयात्रा प्रकाशनमा हालका लागि दुई लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ राखिएको छ । यो पुरस्कार संस्कृति, वन्यजन्तु, वातावरण, विज्ञान–प्रविधि, खेलकुद जस्ता विधामा अध्ययन–अनुसन्धान तथा प्रकाशनका माध्यमबाट राष्ट्रिय स्तरको योगदान गर्ने एक व्यक्तिलाई हरेक वर्ष अलग–अलग विधामा समर्पण गरिनेछ । यही २०८१ सालदेखि यो पुरस्कार समर्पण गरिने भएकाले त्यसका लागि उहाँले पहिलो वर्षका लागि छुट्टै रकम उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनबाट आफ्नो जिल्लाका प्रतिभालाई पुरस्कृत गर्न हजुरबुबा–हजुरआमाको नाउँमा पुरस्कारका लागि अक्षयकोष खडा गर्नुभएकोमा प्रा. डा. मुकेश–जनक चालिसेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।